सत्याल पब्लिकेसनका अध्यक्ष अजय कुमार सत्यालसंग हिमालय पोष्टले गरेको  छोटो कुराकानी :


ADVERTISEMENT


सत्याल पब्लिकेसनको सुरुवात कसरी भयो ? बताइदिनुस् न ।


ADVERTISEMENT

# # #


नयाँ नेपाल प्रकाशनकको संस्थापन अध्यक्ष मेरो बुवा हुनुहुन्थ्यो । पब्लिकेसन नयाँ गर्ने भन्ने उहाँको धाको थियो । तर बीचमा नै उहाँको मृत्यु भएपछि त्यो अधुरै रहेको थियो । त्यस पछि मैँले सुरु गरेको हो ।

यहाँबाट के कस्ता पुस्तकहरु निस्किन्छन् ?

हामीले पूराना इतिहास बोकेका पुस्तक पनि प्रकाशन गर्यौँ । जसले निकै प्रशंसा पनि पाएका थिए । अन्य विषयगत, साहित्य सम्बन्धी पुस्तक पनि प्रकाशन हुन्छन् ।

प्रकाशनको भोलिको योजना के छ ?

समयको माग र अहिलेका पाठकको आवश्यकता अनुसार हामी अगाडि बढ्छौँ । त्यही अनुसार नै अबका दिनमा पुस्तक प्रकाशन हुन्छन् ।

प्रकाशन ज्ञानको भण्डार पनि हो भनिन्छ । तपाइ लामो समयदेखि यस क्षेत्रमा लाग्नुभएको छ । कस्तो रह्यो अनुभव ?

यसमा लागेर म अहिलेसम्म पछुताएको छैन । यसमा काम गर्दा मलाई एकदम आनन्द महशुस हुन्छ । आफ्नो क्षेत्रबाट देशको लागि केही न केही योगदान दिएको छु भन्ने मलाई लाग्छ । देश विकासमा शिक्षाको ठूलो योगदा हुन्छ । शिक्षाको उत्थानका लागि पनि सरकारले प्रकाशन संस्थाहरुलाई साथसहयोग गर्नुपर्छ जस्तो मलाई लाग्छ ।