काठमाडौँ– नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले संविधानको दायरा उल्लंघन गर्ने राष्ट्रपति र कम्युनिस्ट गठवन्धनको सरकार लाई नथ्थी लगाएर संवैधानिक दायरा भित्र ल्याउन नेविसंघ देश व्यापी संघर्षको तयारीमा लागेको वताएका छन् ।


ADVERTISEMENT


नेविसंघले वुटवलमा आयोजना गरेको अन्तर क्याम्पस क्रिकेट प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै महरले दुनियाँमा कुनै पनि कम्युनिस्ट प्रजातन्त्रवादी हुन नसकेकै कारण लोप हुदै गएको र नेपालमा पनि राजतन्त्रले संवैधानिक दायरा नाग्दा आफ्नै अस्तित्व समाप्त भए जस्तै कमुस्टहरुको पनि दिन गन्ती शुरु भैसकेको बताए।


ADVERTISEMENT

# # #


दिनेश पौडेलकोको सभापतित्वमा संचालन समारोहमा नेविसंघका केन्द्रिय उपाध्यक्ष प्रकाश राना, सहमहामन्त्री प्रकाश घिमीरे , केन्द्रीय सदस्य लेखनाथ भट्टराई, टंक पाण्डे, जमुना ढकाल लगायत विद्यार्थी नेताले संविधान उल्लंघन रोक्न देश व्यापी संघर्ष गर्नु पर्ने बताए ।