काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण लिने गरी कुनै पनि सम्झौता नगरिएको प्रष्ट पारेका छन् ।


ADVERTISEMENT


चीनबाट फर्किएर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले बीआरआईका परियोजनाहरुमा कुनै श्रणको सम्झौता नभएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘ऋणको विषयमा कुनै छलफल भएन । अहिले हामीले जे प्राप्त गरेका छौं त्यो ऋण होइन भन्ने धेरैपटक दोहोर्याएका छौँ’, उनले भने, ‘ऋणको कुरा चलेकै छैन । किन ऋण ऋण भनेर सारंगी बजेको छ, मैले बुझ्न सकेको छैन ।’

उनले भ्रमणमा नेपाल–चीनको सम्वन्ध प्रगाढ बनाउने विषयमा चिनियाँ पक्षसँग सौहार्दपूर्ण कुराकानी भएको जनाएका छन् ।