काठमाडौँ– प्रधानमन्त्री केपी ओली शर्माले अबको १८ महिनापछि सरकार कांग्रेस सभापति शेर बहादुर देउवालाई हस्तान्तरण गर्ने बताएका छन् ।


ADVERTISEMENT


चीन भ्रमणबाट फर्केपछि विमानस्थलमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले अबको १८ महिनासम्म आफु प्रधानमन्त्री रहने र त्यसपछि देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


देउवाले नै ०८४ को चुनाव गराउने जनाउदैँ उनले थपे, ‘त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ ।’ आफूहरुबीच चुनावसम्मको मात्र सहमति भएको उनको भनाई छ ।