काठमाडौँ– नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर, लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी ‘बीएमडब्लू एक्स सेभेन एक्स-ड्राइभ ४० आई’ ल्याएको एक हप्ताभित्र बिक्री गरेको जनाएको छ ।
कार्तिक २९ नेपाल आयात गरिएको सो गाडी हप्ता दिनभित्रै बिक्री गरिएको हो । कम्पनीका अनुसारअत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबूती, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो ।
गाडी बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रस्ट रूपमा उजागर गरेको कम्पनीको भनाइ छ । साथै ‘बीएमडब्लू एक्स सेभेन एक्स–ड्राइभ ४०आई’ को छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको बुझिएको छ ।
यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको लक्ष्मी प्रिमियम मोटर्सको भनाइ छ।