काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । पोखराले शुक्रबार लुम्बिनी लायन्सलाई १० विकेटले हराएको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ७० रन बनायो । ओपनर दिनेश खेरल र एड्रेस हाउसले विष्फोटक ब्याटिङ गर्दै पोखराले १६.५ ओभरमा बिना विकेटको क्षतिमा जित हात पारेको हो ।
पोखराका जितका लागि हाउसले ५५ बलमा १२ चौका र ५ छक्का ठोक्दै नटआउट १०४ रन बनाए । उनी एनपीएलमा शतक बनाउने पहिलो खेलाडी बने । यस्तै दिनश खरेलले ४६ बलमा ४ चौका र ४ छक्कासहित नटआउट ६१ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि नटआउट १७६ रनको साझेदारी गरे । जुन एनपीएलमा कुनै पनि विकेटका लागि गरिएको उच्च साझेदारी हो ।
यसअघि लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले अविजित रहँदै ५९ बलमा चार छक्का र १० चौका प्रहार गर्दै सर्वाधिक ९५ रन बनाए । टम मूर्सले ४५, सन्दीप जोराले १८ र विवेक यादवले दुई रनको योगदान दिए । लुम्बिनीका आशुतोष घिरैया र उन्मुक्त चन्दले शून्य रनमा आउट भए । यो खेलमा लुम्बिनीले अतिरिक्त १० रन प्राप्त ग¥यो ।
पोखराका लागि विपीन खत्रीले दुई र म्याट क्रिचलेले एक विकेट हात पारे । पहिलो २ खेल हारेको पोखराले सानदार पुनरागमन गरेको हो । यता लुम्बिनीले भने लगातार दोस्रो खेल हारेको छ ।