काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले चाडै नै संविधान संशोधनको प्रक्रिया थालिने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै सभापति देउवाले संसदमा दुई तिहाई पुग्ने गरी छलफल पछि संविधान संसोधनको प्रक्रिया सुरु गर्ने बताएका हुन् । अहिलेको संसदीय प्रणाली नै उपयुक्त भएको र उपराष्ट्रपति भूमिकाविहीन भएकाले राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरि संविधान संशोधन हुनुपर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


सभापति देउवाले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ऋण नलिने सम्झौता गरेको भन्दै ओलीलाई धन्यवाद दिए । त्यस्तै उनले दुईदलीय वर्तमान सरकारबाट जनताहरु खुशि रहेको धारणा राखे ।

गगन थापालाई उत्तराधिकारी बनाउन लागेको भन्ने प्रश्नमा देउवाले पार्टीको आगामी महाधिवेशन तोकिएको समयमा नै हुने बताउदै आफूले सभापति उठ्न नपाउने र उत्तराधिकारी आफुले घोषणा गरेर मात्र नहुने उल्लेख गरे ।