काठमाडौँ – अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै नेपालमा पनि मनाइएको छ ।


ADVERTISEMENT


हरेक बर्ष डिसेम्बर ८ मा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउने गरिन्छ । दक्षिण गोलाद्र्धीय मर्यादित महिनावारी सञ्जालको पहलमा सन् २०१९ देखि यो अभियान मनाइँदै आएको छ ।


ADVERTISEMENT

# # #


लंैगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर नेपालमा पनि डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो ।

अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा आइतबार काठमाडौंमा विभिन्न संघसंस्थाहरुले मर्यादित महिनावारीका बारेमा चेतनामूलक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दहालले अझै पनि समाजमा महिलामाथि सांस्कृतिक रुपमा विभेद हुने गरेको भन्दै यसको अन्त्य हुनुपर्ने बताइन् ।

उनले समान महिला अधिकारको नारा लगाए पनि महिलामाथि हुने भेदभावविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिइन् । त्यस्तै कार्यक्रमका सहभागीहरुले महिनावारी भएकै आधारमा हुने विभेद अन्त्य हुनुपर्ने बताइन् ।