काठमाडौं–अब केन्द्रमा १७ मन्त्रालय हुने भएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारमा १७ मन्त्रालय बनाउने निर्णय गरेको वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।


ADVERTISEMENT


अहिले केन्द्रमा प्रधानमन्त्री कार्यालयसहित ३१ मन्त्रालय छन्। मन्त्रिपरिषद्को निर्णयसँगै अब १३ मन्त्रालय घटाउनु पर्ने छ । संविधानले केन्द्रीय सरकारमा २५ जनामात्र मन्त्री हुन पाउने व्यवस्था गरेको छ ।


ADVERTISEMENT

# # #


यसअघि नेकपा एमाले र माओवादी केन्द्रले केन्द्रमा १८ मन्त्रालय राख्ने समझदारी गरेका थिए ।