काठमाडौँ – काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा ५ खेल हारेपछि लुम्बिनी लायन्स समूह चरणबाटै बाहिरिएको छ । बुधबार काठमाडौँ गुर्खाजसँग १८ रनले हारेसँगै लुम्बिनी उपाधि प्रतिस्पर्धाबाट बाहिरिने पहिलो टोली बनेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौँले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनायो जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी ओभरमा विकेट गुमाउँदै रनमै समेटिएको हो ।
लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । त्यसक्रममा उनले २९ बलमा २ चौका प्रहार गरे । यस्तै उन्मुक्त चन्दले १४ तथा यूय तामाङले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।
बलिङतर्फ काठमाडौँका कप्तान करण केसीले सर्वाधिक ४ विकेट लिए । यस्तै दीपेश कँडेलले ३ तथा जेरहार्ड इरास्मसले २ विकेट लिए भने रासिद खानले १ विकेट हात पारे ।
काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । भीमले ४० बलमा एक चौका प्रहार गरेका थिए । त्यस्तै, ड्यान ड्वाथवेटले २१ रन बनाएर आउट भए । प्रतीक श्रेष्ठले २० रन बनाउँदा स्टेफन स्केनाजी १३ रनमा आउट भए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ लुम्बिनीका लागि साद विन जाफरले ३ विकेट लिए भने अभिषेक गौतम र रेमन सिमण्डसले समान २–२ विकेट लिए । त्यस्तै, सूर्य तामाङ र विवेक यादवले समान १–१ विकेट लिए ।


ADVERTISEMENT


लुम्बिनीले ६ मध्ये एउटा खेलमा मात्रै जित निकाल्यो । उसले पाँचौँ खेलमा चितवन राइनोजलाई ३३ रनले हराएको थियो । अब लुम्बिनीले आफ्नो अन्तिम खेल शुक्रबार कर्णाली याक्ससँग खेल्नेछ । यता आज जित निकालेको काठमाडौँले प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ । काठमाडौँ ४ खेलमा २ जित र २ हारसहित ४ अंकका साथ अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।


ADVERTISEMENT

# # #


८ टोली सहभागी एनपीएलमा सुदूरपश्चिम रोयल्स अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । उसले आजै जनकपुर बोल्ट्सलाई हराएसँगै ५ खेलमा ४ जित र १ हारसहित समान ८ अंक भए पनि नेट रनरेट बढी भएकाले जनकपुरलाई पछि पारेको हो ।