काठमाडौँ– आज सुनको भाउ ४०० रुपैयाँ प्रतितोलाले बढेको छ ।


ADVERTISEMENT


आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो । सुनको मूल्य आइतबार एकैदिन दुई हजार २०० ले घटेको थियो ।


ADVERTISEMENT

# # #


यस्तै चाँदीको भने स्थिर मूल्य रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको हो ।