काठमाडौँ – नेकपा एकीकृत समाजवादीको तत्काल पार्टी एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटिको बैठकपछि पार्टी नेता जगन्नाथ खतिवडाले देशका अन्य कुनै पनि कम्युनिष्ट पार्टीसंग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको जानकारी दिए । उनले राष्ट्रिय एजेण्डमा सहकार्य गर्न तयार रहेको बताए ।


ADVERTISEMENT

# # #


केन्द्रीय सदस्यहरुको कार्य विभाजन र आगामी कार्ययोजनालाई पारित गर्दै स्थायी कमिटिको बैठक मंगलबार सम्पन्न हुने उनले बताए । खतिवडाले जनताको घर–घरबाटै जनसंघषकै माध्यमबाट पार्टी निर्माण गर्न सकिने भएकाले जनताको घर–घरमा जाने सहितको निर्णय हुने जानकारी दिए ।

त्यस्तै उनले आगामी निर्वाचनहरुमा समाजवादीलाई शसक्त प्रतिष्पर्धीको रुपमा उभ्याउने भन्ने विषयमा छलफल केन्द्रीत रहेको र यसबारेको ठोस निर्णय पनि मंगलबार नै गर्ने उल्लेख गरे ।