काठमाडौँ– अन्तर्राष्ट्रिय स्तरमा हुने खेल प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको बिदाई गरिएको छ ।


ADVERTISEMENT


सोमबार बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको प्रमुख आतिथ्यमा भारतको अकार्ता शहरमा हुने मुआय थाई प्रो–फाइट एवं कतारको दोहामा एसियन टेबल टेनिस युनियन एकेडेमी प्रोग्राममा सहभागी हुने खेलाडीहरूको बिदाई कार्यक्रम सम्पन्न गरिएको हो ।


ADVERTISEMENT

# # #


समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले उत्कृष्ट प्रदर्शनका लागि खेलाडीहरुलाई शुभकामना दिए । खेलाडीहरु राष्ट्रका गहना भन्दै उनले आफ्नो कुशल प्रतिभाद्वारा देशको शिर उच्च राख्न समेत आग्रह गरे ।