काठमाडौं–नायिका प्रियंका कार्की र आयुष्मान देशराज प्रेममा रहेको कुरा सबैलाई थाहा छ ।


ADVERTISEMENT


साथै, उनीहरूले प्रेमी–प्रेमिकाको सम्बन्ध जीवनसाथीमा परिणत गर्ने पनि बताउँदै आएका थिए । तर, कहिले बिहे गर्ने भन्ने विषयचाहिँ उनीहरूले सार्वजनिक गरेका छैनन् ।


ADVERTISEMENT

# # #


फुर्सदको समयमा प्रायजसो सँगै हुने यो जोडी केही समयअघि होली डे मनाउन कम्बोडिया गएको थियो । साथै, त्यहाँ मस्ती गरेका तस्बिर पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

तर, उनीहरू होली डे मनाउने बाहनामा इन्गेजमेन्ट गर्न गएको कुरा सार्वजनिक भएको छ । आयुष्मानकी आमा रविना देशराजले तत्काल इन्गेजमेन्टका लागि असहमति राखेपछि उनीहरूको इन्गेजमेन्ट रोकिएको गाइँगुइँ हल्ला छ ।