काठमाडौँ– भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटमा हिजो भक्तपुर बालकोटमा बाबु छोरा मृत भेटिए, हत्याको आशंका गरेको घटनाका आरेपी पक्राउ परेका छन् ।
बुबा र भाइको हत्या आफैँले गरेको भन्द फरार रहेका मिलन आचार्य (जेठो छोरा) ले प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । उनले मंगलबार बिहान आफैँ महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बालकोटमा बुबा र भाइलाई मारेको बताए ।
हत्या गर्नुको कारणमा भने उनले पारिवारिक तानव भएको बताएका छन् । एक अनुसन्धान अधिकृतले भने, ‘भाइ र बाबुबाट आफूमाथि तनाव भएपछि हत्या गरेको बताएका छन् । यसको विष्तृत अनुसन्धान हामी गर्दैछौं ।’
मिलनले पछिल्लो समय भाइ प्रविण कुलतमा फसेको, बाबु पनि डिप्रेशनको बिरामी रहेकाले आफूलाई तनाव भएको हत्या गरेको बताएको प्रहरी स्रोतले बतायो । बाबु र भाइको हत्यापछि आफूले आत्महत्याको प्रयास समेत गरेको प्रहरीले जनाएको छ ।
भक्तपुरको सूर्य विनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या कूलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनबाट भएको प्रहरीले आशंकासहित प्रहरीले उनको खोजी गरिरहेको थियो ।
घटनापछि फरार अभियुक्त यसरी आए प्रहरी सम्पर्कमा
मिलन र प्रवीण दाजुभाई बालकोटस्थित भाडामा कोठा लिएर अध्ययन गर्दै आएका थिए । उनको कुरा गराइबाट मानसिक रूपमा केही समस्या हो कि जस्तो देखिन्छ’, वृत्तका एक प्रहरी अधिकृतले भने ।
बुढेसकालमै भए पनि स्कुटरको लाइसेन्स बनाउन बुबा कूलप्रसाद खोटाङबाट भक्तपुर आएका थिए । त्यसपछि उनी आफ्नो छोराहरुको कोठामा बस्न गएका थिए । गत शनिबार पनि कुलप्रसाद आफ्ना छोराहरुसँगै बालकोटस्थित कोठामा बसेका थिए । त्यस राति उनीहरुले मासु पकाएर समेत खाएका थिए ।
यसैबीच मिलनले केही विवादमा डमबेल र सिलौटोले हानेर बुबा र भाइलाई मारेपछि डेरामै रहेको स्कुटी लिएर मिलन फरार भएका थिए । प्रहरीले उनको खोजी सुरु गरेको थियो । सो क्रममा आइतबार राति ३ बजेतिर मिलन उक्त कोठाबाट बाहिरिएको देखिएको थियो । उनी स्कुटर लिएर कोठाबाट बाहिरिएका थिए ।
सीसीटीभी फुटेजमा उक्त स्कुटर सातदोबाटोसम्म पुगेको प्रहरीले पहिचान गरेको थियो । त्यसपछि स्कुटर कता गयो भन्ने प्रहरीले पत्ता लगाउन सकेको थिएन । त्यसपछि उनले इनड्राइभबाट मोटरसाइकल मगाए । उक्त मोटरसाइकलमा सातदोबाटोसम्म पुगे । त्यहाँबाट फेरि अर्को इनड्राइभ गरेर कलंकी पुगे । त्यहाँ पुगेर मोबाइलको सिम फ्याँके ।
उनीहरु बस्ने उक्त फ्ल्याटमा चार कोठा रहेकोमा दुई कोठामा भने अन्य व्यक्तिहरू भाडामा बस्दै आएका थिए । शनिबार खाना खाएर सुतेका उनीहरूको कोठा आइतबार बिहानै बाहिरबाट ताला लागेको थियो ।
कोठामा बाहिर ताला लागेकाले उक्त फ्ल्याटमा बस्ने अन्य व्यक्तिहरूले कतै गए होला भन्ने आशंका गरेका थिए । तर आइतबार दिनभर, राति र सोमबार बिहानसम्म पनि केही चालचुल नभएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार बिहान उनलाई कलंकीमा खोजिरहेको थियो । त्यहीबीच महारनगञ्ज प्रहरी वृत्तबाट अनुसन्धान टोलीले उनले आत्मसमर्पण गरेको खबर दियो । ‘उनको कुरा गराइबाट मानसिक रूपमा केही समस्या हो कि जस्तो देखिन्छ’, वृत्तका एक प्रहरी अधिकृतले भने ।
पक्राउ परेका मिलनलाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइने एसएसपी भट्टराईले बताए । उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाउने छ ।