काठमाडौँ– प्रभु बैंकका ग्राहकले कमलादीस्थित विभान्ता डेन्टल अस्पताल एवम् धुम्बाराहीस्थित हिमाल डेन्टल अूपतालमा विशेष छुट पाउने भएका छन् ।


ADVERTISEMENT


प्रभु र विभान्ता डेन्टल हस्पिटल प्रा.लि.तथा हिमाल डेन्टल हस्पिटल प्रा.लिबीच भएको सम्झौता अनुरुप उक्त अस्पतालहरुमा बैंकका ग्राहकले छुट पाउने भएका हुन् । सम्झौता अनुसार, बैंकका ग्राहकले सो अस्पतालहरुमा २०% छुट पाउनेछन् ।


ADVERTISEMENT

# # #


 

सम्झौतापत्रमा विभान्ता डेण्टल र हिमाल डेन्टलका तर्फबाट क्रमशः अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्टले हस्ताक्षर गरेका छन् भने प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटीङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणाले संयुक्त हस्ताक्षर गरे ।

“बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मनित प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।

बैंकले नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाहगर्दै आएको छ ।