काठमाडौँ– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले वर्तमान सरकारलाई नीतिगत नेतृत्व कांग्रेसले नै दिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस काठमाडौं क्षेत्र नंवर ४ को दोश्रो भेलामा बोल्दै सिटौलाले अहिले सरकारको नेतृत्व केपी ओलीले गरेपनि पहिलो पार्टी र विभिन्न परिवर्तनमा खेलेको भूमिकाका आधारमा कांग्रेसले नै सरकारलाई नीतिगत नेतृत्व दिनुपर्ने बताएका हुन् । कांग्रेसकै नेतृत्वमा तीनै तहका सरकारलाई जनताप्रति अधिकतम काम गर्ने अवस्था सिर्जना गर्न सक्नुपर्ने उनले जनाए ।


ADVERTISEMENT

# # #


सिटौलाले पार्टी र सरकारबीच समझदारी नहुदा मुलुकमा धेरै दुर्घटना भएकाले अव पार्टी र सरकारबीचमा राम्रो समझदारी हुनुपर्छ भन्नेमा पार्टी स्पष्ट रहेको धारणा राखे । उनले संविधान कार्यान्वयनको गहन ढंगले समिक्षा गरेर मात्रै संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले आगामी निर्वाचनमा सवै वडादेखि तहसम्मको निर्वाचनमा जित हासिल गर्ने गरि अहिलेदेखि नै तयारी गर्न निर्देशन दिए ।