काठमाडौं–सरकारले स्थानीय तहमा स्थापना गरिने प्राविधिक शिक्षालयको नीतिगत तथा संरचनागत ढाँचाका विषयमा औपचारिक छलफल सुरु गरेको छ ।


ADVERTISEMENT


शिक्षा मन्त्रालयका उपसचिव सुशीलबाबु खनालले स्थानीय तहमा स्थापना हुने प्राविधिक शिक्षाको नीतिगत र संरचनागत ढाँचाका विषयमा औपचारिक छलफल सुरु गरिएको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदभार ग्रहण गरेलगत्तै सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेका थिए ।


ADVERTISEMENT

# # #


सोही निर्णयलाई कार्यान्वयनमा लैजान शिक्षा मन्त्रालयले प्राविधिक शिक्षालयको नीतिगत र सरचनागत ढाँचा तयार पार्न सुरु गरेको हो । आईतबार काठमाडौंमा आयोजित ‘संघीयतामा शिक्षा, संरचना र नीतिगत सवालहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसचिव खनालले एकै विषय वा फरक–फरक विषय पठनपाठन हुनेगरी स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने भन्ने विषयमा छलफल सुरु गरिएको पनि उपसचिव खनालले जानकारी दिए ।

सरकारले संघीयताको मोडल अनुसार शिक्षा ऐन, संशोधन र खारेज गर्ने प्रक्रियालाई पनि तीव्रताका साथ अगाढि बढाउने तयारी गरेको छ । संविधान बमोजिम कानुन निर्माण गर्नुपर्ने भएकाले पूराना कतिपय कानुनहरु तत्काल संशोधन वा खारेज गर्नुपर्ने अवस्था आएको उपसचिव खनालले स्पष्ट पारे ।

सरकारले शैक्षिक व्यवस्थापनका लागि सोही अनुसार कर्मचारी व्यवस्थापन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दै आएको छ ।