काठमाडौं–महानगरीय प्रहरी अपराध महाशाखाले लागु औषध टि.डि जेसिकको कारोवार गर्ने एक युवालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


महाशाखाको प्रहरी टोलीले फागुन १२ गते काठमाडौकको सुन्धारामा लागुऔषधको कारोबार भैरहेको भन्ने सुचनाका आधारमा खोजतलास गर्दा सुनसरी बक्लौरी (हाल रामधुनी नपा) का ३७ बर्षीय प्रेमबहादुर राइलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उनको साथबाट अवैद्य लागु औषध डाइपाजाम ६८ थान, नुफिन ६४ थान, फेरागन ६५ थान गरी जम्मा १९७ थान लागु औषध बरामद गरेको हो ।

प्रहरीले पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको जनाइएको छ ।