काठमाडौं–डोटी जिल्ला अस्पतालमा कार्यरत चिकित्सक जितेन्द्रकुमार सिंहमाथि सांघातिक आक्रमण गर्ने प्रयास गरिएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।


ADVERTISEMENT


उपचारको क्रममा चिकित्सक सिंहमाथि सांघातिक आक्रमण प्रयास गरिएको भन्दै घटनामा संलग्नमाथि कडा कार्बाही गर्न पनि माग गरिएको छ ।


ADVERTISEMENT

# # #


आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले चिकित्सकहरुमाथि सांघातिक आक्रमण गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले चिकित्सकहरुको सुरक्षाको उचित व्यवस्था नगरे देशभरका स्वास्थ्य सेवालाई अवरुद्ध पार्न बाध्य हुने चेतावनी समेत दिए ।

गत फागुन ६ गते दिउँसो डोटीमा कार्यरत चिकित्सक सिंहमाथि उपचारको क्रममा सांघातिक आक्रमण गर्ने प्रयास गरिएको थियो । सोही घटनापछि संघले चिकित्सकहरुको सुरक्षा गर्न सरकारसँग माग गर्दै आएको छ ।