काठमाडौँ– काठमाडौँ जिल्ला अदालतमा सहकारी प्रकरणका प्रतिवादीहरुको बयान सुरु भएको छ ।


ADVERTISEMENT


अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछानेसहित ३९ जना प्रतिवादीको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा शुरु भएको हो ।


ADVERTISEMENT

# # #


उनीहरुविरुद्ध संगठित रूपमा ठगी गरेको विषयमा सुमन खानलसमेतका जाहेरीले नेपाल सरकार वादी भएर मुद्दा चलेको छ ।

गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछाने सहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको थियो । उनी आज स्वयम् बिहान अदालत उपस्थित भएका छन् ।