काठमाडौँ– सहकारी रकम अपचलनको प्रकरणमा प्रवितादीहरुको बयान यतिबेला काठमाडौँ जिल्ला अदालतमा जारी छ ।


ADVERTISEMENT


न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा ३९ जना प्रतिवादीको बयान चलिरहेको हो । सोही मुद्दामा बयानका निम्ति अदालत पुगेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान भने अहिलेसम्म आधाउधी पनि सकिएको छैन ।


ADVERTISEMENT

# # #


आजै रविको बयान नसकिएमा उनी पुनः प्रहरी हिरासतमा रहने जिल्ला अदालतका स्रेस्तेदार रामु शर्मा बताउँछन् ।

‘सक्ने प्रयासमा छौँ, सकियो भने आजै थुनछेकको बहस हुन्छ’, शर्माले भने, यदि बयान नसकिए रविलाई प्रहरी हिरासतमा राखिने र भोलि पुनः अदालतमा उपस्थित गराइने शर्माले बताए । ‘बयान सकिएन भने घर पठाउन मिल्दैन ।’

बयान सकियो र थुनछेकको बहस भयो भने न्यायाधीशको आदेशबमोजिम हुने उनले बताए । उनको हकमा धरौटीमा रिहा हुनेदेखि पुर्पक्षका लागि थुनामै राख्नेसम्मको आदेश हुनसक्ने अदालत स्रोत बताउँछ ।

‘सक्ने प्रयासमा छौँ, सकियो भने आजै थुनछेकको बहस हुन्छ’, जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले भने, यदि बयान नसकिए रविलाई प्रहरी हिरासतमा राखिने र भोलि पुनः अदालतमा उपस्थित गराइने शर्माले बताए । ‘बयान सकिएन भने घर पठाउन मिल्दैन’, उनले भने ।

बयान सकियो र थुनछेकको बहस भयो भने न्यायाधीशको आदेशबमोजिम हुने उनले बताए । उनको हकमा धरौटीमा रिहा हुनेदेखि पुर्पक्षका लागि थुनामै राख्नेसम्मको आदेश हुनसक्ने अदालत स्रोत बताउँछ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान चलिरहेको छ । सोधिनुपर्ने प्रश्नमध्ये आधा पनि नसकिएको अदालत स्रोतले जनाएको छ । ५ बजेअघि बयान सकियो भने मात्रै आज थुनछेकको बहस हुनसक्छ । अन्यथा बाँकी काम भोलि गर्नुपर्ने स्रोतले बतायो । ३९ जना प्रतिवादीमध्ये आज रविमात्रै उपस्थित छन् ।

उनीविरुद्व संगठित रूपमा ठगी गरेको विषयमा सुमन खानलसमेतका जाहेरीले नेपाल सरकारवादी भएर मुद्दा चलेको छ ।

गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछाने सहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको थियो । उनी आज स्वयम् बिहान अदालत उपस्थित भएका छन् ।