कठमाडौँ– सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै एकैपट ५ स्थानमा नयाँ शोरुम उद्घाटन गरेको छ ।


ADVERTISEMENT


कम्पनीले बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासी र काठमाडौँको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको हो।
यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू उपलब्ध रहने बताइएको छ ।


ADVERTISEMENT

# # #


यसैगरि, यहाँ अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू एलजी, सीजी, टिसीएल, गोदरेज, बेको, मिडिया, केन्ट, एलिका, सेन्सेई, ल्ब्याक डेक्र, नथिङ र एप्लल आईफोन लगायतका उत्पादनहरू उपलब्ध छन् ।

आफ्ना सामानहरुको प्रदर्शन र सुपथ मूल्यमा बिक्रि वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोग बारे शिक्षा प्रदान गराउने उदेश्य सहित शोरुम संचालन गरिएको छ। दक्ष र अनुभवी सेल्सपर्सनहरु बाट यहाँ भएका विद्युतिय सामग्रीहरुको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३०५ सम्मको विशेष छुट पाउन सक्ने जनाइएको छ , कम्पनीका अन’सार यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ।

इसैगरि, नयाँ शाखाहरूमा फ्रि कुकिङ क्लास र लाईभ डेमोको समेत व्यवस्था गरिएको छ, जसमा सहभागी भई तपाईंले नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सक्नेछन् ।

नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड इलेक्ट्रोनिक्स शोरूम का रूपमा, ग्राहकहरूको आवश्यकता पूरा गर्न उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको छ । यसमा फ्रि डेलिभरी, फ्रि इन्सल्टेसन, अन स्पोट ईएमआई, एक्सचेञ्ज अफर र लोयाल्टी पोइन्स जस्ता सुविधाहरू पनि समावेश छन् ।

यी ५ वटा समेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ ।जसले देशभरका ग्राहकहरूलाई उच्च गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने कामलाई अझ प्रभावकारी बनाएको छ।