काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकारको निम्ति लामो समयदेखि निरन्तर रुपमा काम गर्दै आएको अपाङ्गता संरक्षण नेपाल संगको सहकार्यमा ९० जना दृष्टिविहीनहरूलाई सेतो छडी प्रदान गरेको छ । बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।


ADVERTISEMENT


मधेश प्रदेश, सप्तरी जिल्लामा पूर्ण दृष्टिबिहीनहरुको सहभागितामा अपाङ्गता संरक्षण नेपालद्वारा अयोजित अन्तरक्रियात्मक कार्यक्रममा उपस्थीत दृष्टिविहीनहरुलाई बैंकले सो सामग्री हस्तान्तरण गरेको हो । बैंकको यो सानो पहलबाट दृष्टिविहीनहरुको दैनिक कामकाज र आवतजावतमा सहजता प्राप्ति हुने विश्वास बैंकले लिएको छ ।


ADVERTISEMENT

# # #


संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ” सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र ऋच्ल् नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।