काठमाडौँ – ललितपुर जिल्ला प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले कार्यालयको स्थलगत निरीक्षण गर्नुका साथै उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गरेका छन् ।
निरीक्षणको क्रममा एसएसपी अधिकारीले कार्यालय, हिरासत कक्ष, ब्यारेक, मेस लगायत विभिन्न शाखाहरुको निरीक्षण गरेका छन् ।
ललितपुर प्रहरी परिसरका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको निर्देशन सम्बोधन कार्यक्रममा एसएसपी अधिकारीले नागरिक प्रति मिठो बोली, नम्र व्यवहारका साथ कानूनले निर्दिष्ट गरेका प्रहरी कामकारवाहीमा अविचलित रुपमा सेवा प्रदान गर्न निर्देशन दिए ।
यस्तै उनले अनुशासित, निस्वार्थ, स्वच्छ भावनाका साथ नागरिक प्रतिको जिम्मेवारी बहन गर्न सबै सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।



























































