चितवन(रासस)–चितवनको रत्ननगर नगरपालिका– ७ स्थित बछौलीको एक घरबाट दुर्लभ अजिंगरलाई उद्धार गरिएको छ । आइतबार एक घरको भान्छामा पसेको अजिंगरलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका वन प्राविधिज्ञको टोलीले उद्धार गरेको हो ।


ADVERTISEMENT


उक्त अजिंगरलाई चितवन राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उक्त घरका मानिसले खाना पकाउन जाने क्रममा अजिंगर देखेपछि खबर गरेका थिए । कतिपय स्थानीयले आफैँ समाएर ल्याउने गरेको र कतिपयले खबर गर्ने गरेको उनको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा यसरी दुर्लभ वन्यजन्तु बाहिर निस्किने गर्छन् । चितवन निकुञ्जले उद्धार गरी पुनः पुरानै वासस्थानमा फर्काउने गरेको सूचना अधिकारी नुरेन्द्र अर्यालको भनाइ छ ।