काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले सत्ताको दुरुपयोग भइरहेको बताए ।
बुधबार काठमाडौंमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले सरकारले संविधान र संसदलाई उपेक्षा गर्ने काम गरिरहेको र सत्ताको दुरुपयोग भइरहेको बताएका हुन् । संसदीय समितिमा विधेयकहरु रहेको अवस्थामा नियमबिपरित अध्यादेश ल्याउने काम भइरहेकाले खवरदारीका साथ दवाव दिनुपर्ने उनले बताए ।
उनले समितिमा विचाराधीन विधेयक फिर्ता भएपछिमात्रै अध्यादेश ल्याउन मिल्ने जिकिर गरे। अध्यादेश ल्याउनै पर्ने भए सबै दलसंग छलफल गर्दा राम्रो हुने उनको भनाइ छ ।


























































