काठमाडौं–संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले ३० दिने युद्धविराम गर्न पारित गरेको प्रस्तावका विपरित सिरियाली सरकारले जारी राखेको बमबारीका कारण सयौँ नागरिक मारिएको र हजारौँ हताहत भएकोप्रति मानव अधिकार तथा शान्ति समाजले दुःख व्यक्त गरेको छ ।


ADVERTISEMENT


समाजले एक विज्ञप्ति जारी गर्दै सिरियामा जारी सशस्त्र द्वन्दमा सरकार र विद्रोहीहरुबाट भएका जघन्य अपराधले मानवता घायल भएको जनाएको छ । सिरियामा भइरहेको यस्तो मानवता विरुद्धको अपराधको शान्ति समाज निन्दा समेत गरेको छ ।


ADVERTISEMENT

# # #


सिरियामा जारी बमबारी र नरसंहार तत्काल रोक्न, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा पारित युद्ध विरामको प्रस्तावलाई तत्काल लागू गर्न र सिरियामा नरसंहारको विरोधमा समाजले मंगलबार दिउँसो २ बजे नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय पुल्चोक ललितपुर अगाडि प्रदर्शन गर्ने भएको तय भएको सभापति गंगाधर अधिकारीले जानकारी दिए ।