काठमाडौँ– नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन् ।


ADVERTISEMENT


उनलाई भारतीय स्टेट बैंकले नेपालका लागि सीईओ बनाएको हो । उनलाई माघ ३ गते बसेको सञ्चालक समितिको ५२४ औं बैठकले नेपालको एसबीआई बैंकको सीईओमा नियुक्त गरेको हो । उनको कार्यकाल बिहीबारबाट सुरु हुने बताइएको छ ।


ADVERTISEMENT

# # #


तिवारी यसअघि पनि उनी बैंकमा भारतीय स्टेट बैंककै प्रतिनिधि बैंकको सीईओ थिए । तिवारी १७ वर्षदेखि भारतीय स्टेट बैंक अफ इन्डियामा कार्यरत छन् । उनी हाल उक्त बैंकको जनरल म्यानेजर हुन् ।