बाजुरा- जिल्लाको बुढीगङ्गा नगरपालिकामा रुखबाट खसेर एक जना महिलाको मृत्यु भएको छ ।


ADVERTISEMENT


बुढीगङ्गा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाचिएर घटनास्थमा मृत्यु भएको नेपाली कांग्रेस बुढीगङ्गा नगर कार्यसमितिका सभापति जयराज उपाध्यायले बताए।


ADVERTISEMENT

# # #


मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभुत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता थिइन् ।