काठमाडौँ – मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ ।
मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै १८.५ ओभरमा सवै विकेट गुमाएर ७३ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाउँदै जित हात पारेको हो ।
स्कटल्याण्डको जितका लागि लागि पिप्पा स्प्रउलले सर्वाधिक ३५ रन बनाइन् । त्यसक्रममा उनले ४७ बलमा ३ चौका प्रहार गरिन् । यस्तै ग्याब्रिला फ्रोन्टेलाले नटआउट अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
नेपाललाई पहिलो जित दिलाउने क्रममा सीमाना केसी र रचना चौधरीले समान २–२ विकेट लिए भने कप्तान कप्तान पूजा महतो र करिश्मा गुरुङले समान १–१ विकेट हात पारे ।
यसअघि ब्याटिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । उनले ४३ बलमा तीन चौका हिर्काइन् । यसैगरी सावित्री धामीले १० रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।
बलिङतर्फ स्कटल्यान्डका लागि मैसी म्याकिरा एक्लैले ५ विकेट लिइन् । यस्तै अमी बलडाइ र नइमा शेखले २–२ तथा क्रिस्टी म्यायाकोलले १ विकेट लिइन् ।
स्कटल्याण्डविरुद्ध समेत हारेसँगै नेपालले सुपरसिक्समा पुग्ने सम्भावना कमजोर बनेको छ ।