काठमाडौँ– धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौँ आईपुगेका छन् ।
उनी केही बेरअघि त्रिभुवन विमानस्थल उत्रिएका छन् । उनले काठमाडौँ आउनुपूर्व सरकारले धरानको खानेपानी समस्या दिर्घकालीन रुपमा समाधान गर्नुपर्ने मागसहित दबाब स्वरुप आफू थोत्रे गाग्री बोकेर काठमाडौँ जानका लागेको बताएका थिए ।
यसै सम्बन्धमा उनले हिजो समर्थकहरू भेला पारेर भानु चोकमा गाग्रीसहित प्रदर्शन गरेका थिए ।
साम्पाङले भोलि खाली गाग्रीसहित सिंहदरबार छिरेर खानेपानीमन्त्री र प्रधानमन्त्रीलाई भेट्ने बताएका छन् ।