काठमाडौँ – सरकारले संघीय संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि बोलाउन सिफारिस गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १८ गतेदेखि अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
संसदको अधिवेशन सुरु र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक प्रावधान रहेको छ । हिउँदे अधिवेशनलाई कानुन निर्माण गर्ने अधिवेशनका रुपमा समेत चिनिन्छ ।
यसअघि संसदको अधिवेशन नबोलाएको भन्दै विपक्षी दलहरुले विरोध गरिरहेका थिए । सरकारले अध्यादेशमार्फत देश चलाउन खोजेको अरोप लगाउँदै उनीहरुले अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन माग गर्ने चेतावनी दिएका थिए ।