काठमाडौं–आज मन्त्रिपरिषद् बैठक विस्तार भएको छ । तर, चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी नेपाल सरकारमा सहभागि भएन । सरकारमा सहभागिका लागि संघीय समाजवादी फोरमसँग प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पटक–पटक वार्ता गरेपनि राजपा नेपालसँग हालसम्म कुनै वार्ता भएको छैन ।


ADVERTISEMENT


यद्यपी एमालेले सरकारमा राजपा नेपाल र फोरम नेपाल सहभागि गराउने निर्णय नै गरेको छ । तर, फोरम नेपालसँग पटक पटक वार्ता र छलफल गरेपनि राजपा नेपालसाग कुनै छलफल हुन नसकेको हो ।  राजपाले सविधान संशोधन नभएसम्म सरकारमा सहभागि नहुने बताएको छ ।


ADVERTISEMENT

# # #


राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले आफूहरुको बटमलाइन सविधान सांशोधन नै भएको भन्दै सविधान संशोधनमा स्पष्ट नभएसम्म सरकारमा सहभागि हुने कुरा नहुने बताए । सरकारले संशोधनको विषयमा के गर्छ त्यसको प्रतिक्षामा आफूहरु रहेको उनले बताए ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले सरकारमा पार्टीको सहभागिताबारे कुनै छलफल नभएको बताए । ‘ हामी हेर्दैछौं फोरम नेपालसँग के के सहमति गरेर सरकारमा सहभागि गराउँदैछ । त्यसपछि हामी कुनै निर्णय गर्छौ ।’, उनले भने ।

दुई नम्बर प्रदेशमा राजपा नेपाल र फोरम नेपालले संयुक्त सरकार बनाए पनि केन्द्रमा हालसम्म कुनै गठबन्धन बनेको छैन । फोरम नेपालले सरकारमा सहभागिका लागि छुट्टै छलफल गरिरहेको छ ।

फोरम नेपालका महासचिव रामसहाय यादवले राजपा नेपालसँग दुई नम्बर प्रदेशको चुनाव र त्यहाँको सरकार गठनका लागि मात्र सहकार्य भएको भएपनि केन्द्रमा सँगै जाने भनि कुनै प्रकारको सहमति नभएको बताए ।