काठमाडौं–नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालय पुगेर आफ्नो कार्यभार सम्हालेका छन् । उनले यसअघि अर्थमन्त्री पदको सपथ ग्रहण गरेका थिए । उनी अर्थमन्त्री हुने ३२ औं व्यक्ति हुन् ।


ADVERTISEMENT


पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइससकेका खतिवडाले पहिलोपटक एमालेका तर्फबाट अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन् ।


ADVERTISEMENT

# # #


समग्र अर्थनीतिका विज्ञका रुपमा चिनिएका खतिवडा अहिलेसम्म संघीय संसदको सदस्य भइसकेका छैनन् । राष्ट्रिय सभा सदस्यमा मनोनित भए पनि सपथ रोक्न सर्बोच्च आदालतले आदेश दिएकै आवस्थामा उनले अर्थमन्त्रालयको बागडोर सम्हालेका छन् ।

उनले अब प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य आर्थिक मार्गनिर्देशकका रुपमा भूमिका निर्वाह गर्नेछन् । साथसाथै, त्यस अवसरमा उनले सञ्चारकर्मीमाझ अर्थमन्त्रीको रुपमा नागरिकको अर्थसम्बन्धि मौलिक हकलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता ब्यक्त गरे ।

नवनियुक्त अर्थमन्त्री खतिवडाले संविधानले निर्देशन गरे अनुसारको अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने आफ्नो दायित्व रहेको पनि स्पष्ट पारे । उनले वित्तिय अनुशासनहिनताको अन्त्य गर्ने घोषणा समेत गरे । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीको निर्देशन अनुसार बामगठबन्धनले तयार पारेको चुनावी घोषणा पत्रलाई कार्यान्वयनमा लैजाने पनि बताए ।