काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधानका आधारभूत विषयहरुलाई चलाउन नहुने बताएका छन् ।


ADVERTISEMENT


मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा थापाले संविधानका केहि विषयहरुलाई संशोधनमार्फत फेरबदल गर्न सकिने भएपनि आधारभूत बिषयहरुलाई चलाउन नहुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले अर्को विकल्प वा व्यवस्थाका बिषयमा बहस भए अर्को दश बर्ष खेर जाने भन्दै असफलताको भारी व्यवस्थालाई बोकाउन नहुने धारणा राखे । पाँच पाँच बर्षमा हुने निर्वाचनमा दलहरु जित्ने हार्ने स्वभाविक प्रक्रिया भएकाले यसलाई सवैले स्वीकार गर्न सक्नुपर्ने उनले बताए ।

‘यो संविधानमा केही फेरबदल गर्नसक्छौँ, हामी गर्छौ पनि । तर यो संविधानका आधारभूत कुराहरु हामीले चलाउनु हुँदैन । अर्को विकल्प, अर्को व्यवस्था हामी सोचिरहेका छौँ भने, यो संघीयता काम लागेन, अर्को विकल्प खोज्नुपर्छौ भन्यौँ भने अर्को १० वर्ष फेरि खेर जान्छ । यो भारी व्यवस्थालाई बोकाउने काम नगरौँ ।’

महामन्त्री थापाले एउटा नेता मन्त्री, प्रधानमन्त्री हुने पनि ठूलो कुरा नभए पनि नेतृत्व बदल्ने कुरा महत्वपूर्ण भएको उल्लेख गरे । आफूहरुले अवसर पाउने हो भने अहिलेका प्रधानमन्त्री भन्दा राम्रोसंग देश चलाउन सक्ने उनको भनाई छ ।

‘म अहिलेको प्रधानमन्त्री वा हुने वाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्री भन्ने कुरा म अहिले पनि विश्वास गर्छु ।’ उनले भने, ‘आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीहरु मध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रोसँग चलाउन सक्छौँ । यो कुरा दाबाका साथ भन्न सक्छु ।’

थापाले कांग्रेसले ८४ को चूनावलाई पर्खेर बस्ने नभइ अहिलेको अवसरलाई नै सदूपयोग गरेर देश र जनताको सम्मुन्नतीका लागि काम गर्नुपनमा जोड दिए ।