काठमाडौँ– संघीय संसदमा रहेका विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् ।


ADVERTISEMENT


माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको विपक्षी दलहरुको बैठकले सरकारले विधि र प्रक्रियाभन्दा बाहिर गएर अध्यादेश ल्याएको भन्दै अस्वीकार गर्ने निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । सदन बोलाउने बेलामा अध्यादेश ल्याउनु प्रक्रियागत हिसावले समेत गलत भएको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


त्यस्तै सुशासन, जनजिविकाका वबषयमा पनि सदनमा गम्भीर ढंगले उठान गर्ने निर्णय भएको उनले बताए । उनले सदनका साथै आवश्यक परे सडक आन्दोलनसमेत गर्ने बिषयमा छलफल भएको उल्लेख गरे ।

बैठकमा नेकपा माओवादी केन्द्र, रास्वपा, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी पार्टी, जनमोर्चा लगाएत दलका नेताहरुको सहभागीता रहेको थियो ।