काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा काठमाडौँमा आजदेखि सुरु भएको महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको छ ।


ADVERTISEMENT


बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५७ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि सीता रानामगरले सर्वाधिक २८ रन बनाइन् । उनले ४५ बलमा ३ चौका प्रहार गरिन् । यस्तै कविता जोशीले १७ बलमा १ चौका र २ छक्काको मदतमा २७ रनमा आउट भइन् भने पूजा महतोले १४ बलमा २ र २ चौका छक्का प्रहार गर्दै २४ रन जोडिन् । रुबिना क्षेत्रीले ११ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।

यस्तै बलिङर्फ नेदरल्याण्ड्सकी इभा लिन्च र क्यारोलिन डी ल्याङ्गले समान २–२ विकेट लिए । यस्तै आइरिस ज्वीलिङ्ग र फ्रेडेरिक ओभरड्जीकले समान १–१ विकेट हात पारे ।

यसअघि ब्याटिङतर्फ रोबिन रिज्केले शानदार पारी खेल्दै नेदरल्याण्ड्सलाई विशाल योगफलमा पुर्याइन् । नटआउट रहेकी उनले ४८ बलमा ८ चौकाको मदतमा ५९ रन बनाइन् भने आइरिस ज्विलिङले नटआउट ३१ रन जोडिन् । उनले १३ बलमा नै ५ चौकाको मदतमा उक्त योगफल हात पारिन् । स्टेरे कलिसले २९, हेदर सेगर्सले २३ रनको योगदान दिइन् ।

बलिङतर्फ नेपालकी कविता कुँवर, सीता रानामगर, पूजा महतो र इश्वरी विष्टले समान १–१ विकेट लिए ।

त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्याण्ड र थाइल्याण्ड्सले एक अर्कासँग ३–३ खेल खेल्नेछन् । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्नेछ ।