काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।
रास्वपाका सांसदहरुले बैठक सुरु हुनासाथ उठेर विरोध जनाएका हुन्। रास्वपाले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठकलाई अगाडि बढाउन आग्रह गरिरहेका छन्।
रास्वपाले सभापति रवि लामिछानेलाई सांसद पदबाट कानून विपरित निलम्बन गरेको भन्दै रास्वपाले विरोध जनाउने निर्णय गरेको थियो। आज नै लामिछानेले निलम्बन फुकुवाको निवेदन सभामुखकहाँ बुझाइसकेका छन्।
अहिले रास्वपा सांसद र सभामुखबीच सवाल जवाफ चलिरहेको छ।