काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।


ADVERTISEMENT


बैठक सुरु हुनासाथ उठेर विरोध जनाएका उनीहरुलाई लामो समयसम्म पनि उभिएरै विरोध जनाउँदा पनि सभामुखले बोल्ने मौका नदिएपछि उनीहरु बैठक बहिस्कार गरेर बाहिरिएका हुन् ।


ADVERTISEMENT

# # #


यसका बाबजुद सभामुख देवराज घिमिरेले संसद बैठक अघि बढाएका छन् । रास्वपाका सांसदले बैठक सुरु हुने बित्तिकै उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक सांसदहरूलाई आआफ्नो स्थानमा बस्न आग्रह गरेका थिए । यद्यपि उनले रास्वपाका हुनै सांसदलाई बोल्ने मौका भने दिएका थिएनन् ।

रास्वपा सांसदहरूले आफ्नो अनुरोध अस्वीकार्दै अवरोध जारी राखेपछि सभामुखले बैठक अघि बढाएका थिए । त्यसपछि भने रास्वपा सांसदहरुले बैठक अस्वीकार गर्दै बाहिरिए ।