काठमाडौँ– मधेश केन्द्रित विभिन्न आठ दलीय मोर्चाले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।
मोर्चाका सदस्यहरूले शुक्रबार त्रिवि शिक्षण अस्पतालमा मुक्कुमलुङ घटनामा उपचारार्थ घाइतेहरूसँग भेटवार्ता गर्दै आन्दोलनका ऐक्यबद्धता जनाएका हुन् । संस्कृति पहिचान र भुमिका लागि आन्दोलन गरिरहेकामाथि सरकारले निर्मम तरीकाले दमन गरेको भन्दै आठ दलीय मोर्चाका नेता राजकिशोर यादवले आपत्ति जनाए ।
आफ्नो भुमिको रक्षा गर्नका लागि आन्दोलन गरिरहेका नागरिकमाथि राज्यले दमनकारी र बर्बरता देखाएर गोली चलाएर ज्यान लिन खोजेको उनले बताए । तीनै जना घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको उनको भनाई छ । मोर्चाका सदस्य केशव झाले नो केबलकारको पक्षमा आन्दोलन गरिरहेका समुहमाथि सरकारले ज्यादती गरेको बताए ।
मोर्चाले मुक्कुमलुङ घटनाको मोर्चाले घोर भत्र्सना गर्ने निर्णय गरेको उनले जनाए ।