काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधिसभा बैठकमा प्रवेश गरेका छन् ।


ADVERTISEMENT


केहीबेरअघि बैठक बहिष्कार गरेका सांसदहरू १५ मिनेटपछि प्रतिनिधिसभा बैठकमा सहभागी भएका हुन् । संसद भवन बाहिर पत्रकारसँग संक्षिप्त कुरा गर्दै रास्वपाकी सांसद सोविता गौतमले बैठकमा बोल्न नदिएपछि सांकेतिक विरोध स्वरुप १५ मिनेट बैठक छोडेको बताइन् ।


ADVERTISEMENT

# # #


‘आज संसदको अधिवेशन पहिलोचोटि सुरु हुँदै गर्दा केही कुरा राख्न खोजेका थियौं । हामीले हाम्रो विशेष कुरा राख्न समय माग्दा सभामुखले दिनुभएन । त्यही भएर १५ मिनेट बैठक बहिष्कार गरेका हौं’, उनले भनिन् ।

सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो । उनीहरूले बैठकको सुरुमै आफूहरूलाई आकस्मिक समय छुट्याउनुपर्ने माग राखेका थिए ।