काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण गर्न खोज्नु उचित नभएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले सामाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण गर्न खोज्ने कामको कांग्रेसले संसदमा साथ नदिने र संस्थागत रुपमा यसको भारी नबोक्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने विधेयकलाई स्वीकार गर्न नसकिने उनले बताए । उनले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकमा सर्वपक्षीय छलफल गर्दै संशोधनका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।

‘संविधान अनुसार नै सरकारले अध्यादेश ल्याउँदै गर्दा कन्टेन्ट ठिक लागेको छ भने विपक्षमा भए पनि समर्थन गरिन्छ । यदि कन्टेन्ट गलत छ भने सरकारमा रहे पनि विरोध गरिन्छ’ महामन्त्री शर्माले भने, ‘सामाजिक सञ्जाल नियमन सम्बन्धमा सरकारले राष्ट्रियसभामा सरकारले जुन अध्यादेश दर्ता गरेको छ, त्यो विधेयकको विपक्षमा मैँले प्रस्ट रुपमा बोलिसकेको छु र बोल्छु । सामासजक सञ्जाल नियमन गर्ने कुरा सही हो, तर त्यसलाई नियन्त्रण गर्ने कुरा गलत हो ।’

यद्दपि समाजिक सञ्जालमा हुने सूचनाको भ्रमलाई रोक्न, डिप फेक र साइबर बुलिङलाई नियन्त्रण गर्न कानुनी प्रबन्ध जरुरी रहेको उनले बताए । त्यस्तै उनले संसद नचलेका बेलमा सरकारले अध्यादेश ल्याउन सक्ने भन्दै अध्यादेश ल्याउदैमा विरोध गरिहाल्नु नपर्ने धारणा राखे ।