काठमाडौं–इन्टरनेट प्रयोगकर्ताको संख्या ५ वर्षमा तीन गुणा बढेको छ । दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार २०६९ मंसिर अन्त्यसम्ममा ५२ लाख ७८ हजार ३७४ रहेको इन्टरनेट प्रयोगकर्ताको संख्या बढेर एक करोड ६७ लाख ३३ हजार पुगेको छ ।


ADVERTISEMENT


५ वर्षअघि नेपालको इन्टरनेट प्रयोगकर्ताको दर करिब २० प्रतिशत थियो भने यो वर्षको मंसिरको तथ्यांकअनुसार यो दर ६३ प्रतिशत पुगेको छ ।


ADVERTISEMENT

# # #


कुल जनसंख्यालाई इन्टरनेट प्रयोगकर्ताको संख्याले भाग गरी यो प्रतिशत निकाल्ने गरिन्छ । तर, नेपालको जनसंख्या गणना पछिल्लो पटक २०६८ मा भएकाले अहिलेको प्रतिशत निकाल्दा पनि सोही जनसंख्यालाई आधार मानिएको छ । उक्त जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार छ ।–आजको कान्तिपुरबाट