काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि आगामी वैशाख ४ गते त्यसतर्फ जाने निश्चित भएको छ ।


ADVERTISEMENT


भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारीको पहिलो भारत भ्रमण हुन लागेको हो । यस अघि नै भारत भ्रमणमा जाने भनिएपनि विविध कारणले पटक(पटक उनको भ्रमण स्थगित गरिएको थियो ।


ADVERTISEMENT

# # #


परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी सार्वजनिक गरेको कार्यतालिकाअनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको शिष्टाचार भेट हुनेछ । राष्ट्रपति भण्डारी त्यहाँ हुने विभिन्न स्वागत समारोहमा पनि सहभागी हुनेछिन् भने भ्रमणका क्रममा गुजरात र उडिसा राज्य पनि पुग्ने कार्यक्रम छ ।

पाँच दिने भ्रमण सकेर राष्ट्रपति भण्डारी वैशाख ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । यस भ्रमणसंगै राष्ट्रपति भण्डारीको विदेश भ्रमणको औपचारिक रुपमा सुरुवात हुनेछ ।