काठमाडौँ – नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले वर्तमान सरकारले जनताको अपेक्षा पुरा गर्न सक्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महतले ठूला दल मिलेर बनेको सरकारप्रति जनताको धेरै आशा रहेको भन्दै जनताको आशा पुरा गर्न खरो रुपमा उत्रनुपर्ने बताएका हुन् । पार्टी भन्दा माथि उठेर सरकारले काम गर्न सक्नुपर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


उनले पदबाट बाहिर निस्केपछि प्रचण्डले सदनमा आक्रोश व्यक्त गरेका टिप्पणी गरे । एकदलीय व्यवस्था स्थापित गर्न माओवादीले युद्ध लडेको भन्दै उनले सबैको पहलका कारण माओवादी बहुदलीय व्यवस्थामा आएको जिकिर गरे । उनले लगानी बढाउनका लागि नै सरकारले अध्यादेश ल्याएकाले सवै एकमत हुनुपर्ने धारणा राखे ।

त्यस्तै एमाले सांसद रघुजी पन्तले तथ्यका आधारमा सरकारको विरोध गर्न प्रतिपक्षीलाई सुझाव दिए । उनले संसदमा प्रचण्डले दिएको अभिव्यक्ति तथ्यमा भन्दा कुण्ठामा आधारित रहेको जिकिर गरे । सत्य र तथ्यका साथै जनताको आकांक्षामा माओवादी पार्टी देखा पर्न नसकेको उनले बताए ।

उनले सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कुनै कारण नरहेको धारणा राखे ।