काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले संविधान खारेज गर्ने पार्टी नभएको बताएका छन् ।


ADVERTISEMENT


सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले एमाले संविधान बनाउने पार्टी भएकाले खारेज गर्ने प्रश्न नउठ्ने बताएका हुन् । एमालेले संविधान खारेज गर्न चाहेको प्रचण्डको अभिव्यक्तिप्रति उनले एमाले–कांग्रेसले संविधान खारेज वा च्यात्ने नभइ संरक्षण गर्ने जिकिर गरे ।


ADVERTISEMENT

# # #


प्रचण्ड विध्वंस गर्दै हिड्ने भएकाले अरुलाई पनि त्यस्तै देख्ने गरेको उनले बताए । भट्टराईले संवैधानिक बाटोबाटै संविधान संशोधन हुने र सवैको सहमतिमा यसलाई अघि बढाइने बताए । उनले कांग्रेस–एमालेले संशोधनको एजेण्डा तयार गर्ने र एजेण्डालाई सवै दलसंग छलफल गरि सहमति खोज्ने धारणा राखे ।

अहिलेको संविधान सबैलाई सर्वस्वीकार्य भइसकेको उल्लेख गर्दै भट्टराईले आवश्यकता अनुसार संशोधन गरिने बताए । ‘आवश्यकताका आधारमा यो संविधान संशोधन हुन्छ । त्यसका लागि सबै राजनीतिक दलहरुसँग हामीले सहमति बनाउने कोसिस गछौँ’ उनले भने, ‘यो सरकार, नेकपा एमाले संविधान बनाउने पार्टी हो । संविधान खारेज गर्ने पार्टी होइन । यो संविधानप्रति हाम्रो अगाध माया र लगाव छ ।’

संविधान संशोधनका लागि आन्तरिक गृहकार्य सुरु भइसकेको भन्दै २०८४ को निर्वाचन अघि नै संशोधन हुने उनको भनाइ छ । भट्टराईले अध्यादेशका लागि अन्य दलसंग कुनै सौदाबाजी नगर्ने स्पष्ट पारे ।