कर्णाली– कर्णाली प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी माग गरेको छ।
आयोगले मंगलबार विज्ञापन जारी गर्दै पाँचौं तहको प्राविधिक र अप्राविधिक पदका लागि प्रशासन, स्वास्थ्य इन्जिनियरिङ र वनतर्फ कर्मचारी माग गरेको हो ।
जसअनुसार उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका, महिलाको ४० वर्ष ननाघेका हुनुपर्नेछ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन्।



























































