काठमाडौँ– काठमाडौँको नागढुंगाबाट प्रहरीले सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन् ।
काँकडभिट्टाबाट आउँदै गरेका उनीहरुलाई बा. प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा सवारबाट ३१८ ग्राम सुनसहित पक्राउ गरिएको पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।


























































