काठमाडौँ – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न मतपरिणामको अन्तिम नतिजा अनुसार प्रतिद्वन्द्वी नेत्र चापागाईंलाई पराजित गर्दै अध्यक्ष पदमा भट्टराई निर्वाचित भएका हुन् । भट्टराईले ६६१ मत पाए भने चापागाईले ७३ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्ष खसआर्यमा ईश्वर रिजाल, उपाध्यक्ष आदिवासीतर्फ टेकबहादुर बाठामगर विजयी भएका छन् । त्यस्तै यसैगरी महासचिव खुल्लामा सोनामसिंह स्याङ्तान विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ ।
निर्वाचित कार्यसमितिलाई बिहीबार काठमाडौंमा पद तथा गोपनियताको शपथ गराइएको थियो । महाधिवेशनले भट्टराईले प्रस्तुत गरेको सांगठानिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै प्रवक्ता कृष्ण शर्माद्वारा पेश गरेको विधान संशोधन प्रस्ताव पारित भएको छ ।